यर्मिया

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52


अध्याय 47

यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।
2 परमप्रभु भन्नुहुन्छ, “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।
3 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।
4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले ध्वंस गर्नु हुनेछ।
5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?
6 हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।
7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? अश्कलोन र समुद्री किनारमा आक्रमण गर्नु परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।”