सिर्जना-विकास


  • आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
    उत्पत्ति 1:1
  • तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।
    उत्पत्ति 1:20
  • यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
    उत्पत्ति 1:21
  • परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
    उत्पत्ति 1:24
  • तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”
    उत्पत्ति 1:26
  • यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
    उत्पत्ति 1:27
  • तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
    उत्पत्ति 2:7
  • किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
    प्रस्थान 20:11
  • तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्। अथवा पृथ्वीसँग बोल, त्यसले तिमीलाई भन्नेछ। अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान तिमीलाई बताउनेछ। प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
    Job 12:7-9
  • परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
    Job 37:5
  • अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ। जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन। जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्। जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।
    Job 40:15-18
  • उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो। ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
    भजनसंग्रह 89:12
  • तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, तिनीहरू स्वस्थ्य हुन्छन्। अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
    भजनसंग्रह 90:2
  • परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
    भजनसंग्रह 104:30
  • परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।
    भजनसंग्रह 148:5
  • मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
    यशैया 42:5
  • मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
    यशैया 45:7
  • यसकारण हेर। मैले पृथ्वी बनाएँ अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।
    यशैया 45:12
  • परमप्रभु नै परमेश्वर हुनुहुन्छ। उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो। परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो। परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो! उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो! “म परमप्रभु हुँ, म बाहेक अरू कोही परमेश्वर छैन।
    यशैया 45:18
  • “म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।
    यशैया 65:17
  • हामी सबैको एउटै पिता हुहुन्छ। उनै परमेश्वकले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्छ? उनिहरूले करार को पालनानगरेको प्रकट गर्छन्। उनीहरूले त्यो करारलाई लागु गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।
    मलाकी 2:10
  • तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,
    मर्कूस 10:6
  • किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलसम्म फेरि भएको छैन। अनि यस्तो महासकंष्टहरू फेरि घटने छैन।
    मर्कूस 13:19
  • र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
    यूहन्ना 1:3
  • परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्। मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो। मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे। मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैं हुनपर्छ। आमिन।
    रोमी 1:20-25
  • परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठुलो उत्सुकताको साथ त्यस समयलाई र्पखिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्। हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक र्पखिरहेकै छन्।
    रोमी 8:19-22
  • अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो।
    1 कोरिन्थी 11:9
  • हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।
    एफिसी 2:10
  • उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।
    कलस्सी 1:16
  • सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।
    कलस्सी 2:8
  • अब तिमीहरू नयाँ जीवनमा बाँच्न थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँचो रूपमा चिनाउन लैजाने छ।
    कलस्सी 3:10
  • ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।
    1 तिमोथी 4:3
  • परमेश्वर अझै भन्नुहुन्छ“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
    हिब्रू 1:10
  • विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो। विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।
    हिब्रू 11:1-3
  • तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्। ती मानिसहरुले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।” तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो। तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो।
    2 पत्रुस 3:3-6
  • “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख“आमिनएक हुनुहुन्छ जसले तिमीहरुलाई यी कुराहरु भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँचो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ
    प्रकाश 3:14
  • तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो! त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरुको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
    प्रकाश 4:11
  • त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन।
    प्रकाश 10:6
  • तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो! त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरुको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
    प्रकाश 14:6-7