ईमानदारी


  • केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
    हितोपदेश 11:1,3
  • दुष्ट मानिस आफ्नै खराब शब्दहरू चंगुलमा फस्छ। तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन। एक सत्यवादी गावाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ।
    हितोपदेश 12:13,17
  • जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।
    हितोपदेश 28:13
  • यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।
    रोमी 12:17
  • तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अहँ! ठयाम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।
    2 कोरिन्थी 4:2
  • हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
    2 कोरिन्थी 8:21
  • तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।
    कलस्सी 3:9
  • सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ।
    याकूब 5:16