धन्यबाद


  • परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।
    1 इतिहास 16:8
  • परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
    1 इतिहास 16:34
  • परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।”
    1 इतिहास 16:35
  • हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ। हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
    भजनसंग्रह 26:6-7
  • परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो। बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो, अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
    भजनसंग्रह 92:1, 2
  • परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ। प्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
    भजनसंग्रह 95:2
  • उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
    भजनसंग्रह 100:4
  • प्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
    भजनसंग्रह 107:22
  • परमप्रभुलाई धन्यवाद छ। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
    भजनसंग्रह 147:7
  • तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
    यर्मिया 30:19
  • हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”
    Daniel 2:23
  • धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।”
    आमोस 4:5
  • तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु। “उद्धार परमप्रभुबाटै हुन्छ।”
    Jonah 2:9
  • परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सँधै धन्यवाद चढाउँछु।
    1 कोरिन्थी 1:4
  • यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिनमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ।
    2 कोरिन्थी 4:15
  • हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।
    2 कोरिन्थी 6:10
  • परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।
    2 कोरिन्थी 9:11
  • तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर्। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ।
    एफिसी 5:4
  • आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ। सधैं सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।
    एफिसी 5:19, 20
  • कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।
    फिलिप्पी 4:6
  • म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।
    फिलिप्पी 4:11
  • तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।
    कलस्सी 2:7
  • आफैलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैं परमेश्वरलाई धन्यवाद चढाऊ।
    कलस्सी 4:2
  • सधैं परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
    1 थिस्सलोनिकी 5:18
  • पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन।
    1 तिमोथी 4:4
  • यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोडनु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओठबाट निस्केको प्रशंसा नै त्यो बलि हो।
    हिब्रू 13:15
  • तिनीहरुले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
    प्रकाश 7:12
  • ती अग्रजहरुले भने“प्रभु परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ हामी तपाईंलाई धन्यवाद चढाउँछौ। तपाईं नै एक हुनुहुन्छ जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो।
    प्रकाश 11:17