अध्याय 120

म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!
2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3 झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4 सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।
5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।
6 म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।
7 मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।