अध्याय 96

परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
2 परमप्रभु प्रति गाऊ! उहाँको नाउँलाई आर्शीवाद देऊ! सुसमाचार भन। प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
3 परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन। परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन। सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
4 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
5 अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
6 उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ। परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
7 परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं।
8 परमप्रभुको नाउँको प्रशंसा गर आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
9 पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर। पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
10 जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन। जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।