होशे

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14


अध्याय 11

परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्यारो गरें। तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।
2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे। उनीहरूले मूर्तिको अगाडी धूप जलाए।
3 “एप्रैमलाई मैले हिँडन सिकाएँ। इस्राएललाई मैले अंगालोमा बोकें अनि मैले नै तिनीहरूलाई निको पारें। तर यी सबै कुरा तिनीहरू जान्दैनन्।
4 मैले तिनीहरूलाई प्रेमको डोरी मायाको बन्धनले बाँधेर डोर्याएँ। म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ, म निउरेर उनीहरूलाई खाना खुवाएँ।
5 “तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।
6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिइन्छ।
7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”
8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु। म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। म आफ्नो मन बद्ली रहेछु, तिमीप्रति दयाले मन पग्लिरहेछ।
9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्। म फेरि एप्रैमलाई नष्ट पार्नेछैन। म त परमेश्वर हुँ, म कुनै मानिस होइन। म तिनीहरू माझ एक पवित्र छु। म आफ्नो रिस देखाउँनेछैन।
10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु अनि मेरा संन्तान मसंग आउने छन्, र मेरो पछि-पछि हिँडनेछन्। मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।
11 तिनीहरू चरा जस्तै वेगसित मिश्र देशबाट आउनेछन्। तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन् अनि म तिनीहरूलाई घरमा पठाउनेछु।” परमप्रभुले यो भन्नु भयो।
12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ। इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्‌यंत्र रचे। तर यहूदा अहिले सम्म परमेश्वरसँग छ। यहूदा पवित्र र साँचो छ।”